बैंक तथा वित्तीय संस्थाको कोरोना सहुलियत हट्यो – Nepal Press

बैंक तथा वित्तीय संस्थाको कोरोना सहुलियत हट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई कोरोनाकालमा दिइएको सहुलियत हटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै कोभिड १९ का नाममा दिएको सहुलियत हटेको जनाएको छ ।

व्यवसायका प्रकृति हेरी जोखिमका आधारमा बैंकहरूले विभिन्न खालका ऋण सुविधा प्रदान गर्दै आएका थिए । चालू आर्थिक वर्षको मौद्रिक नीतिको निर्णय कार्यान्वयनका क्रममा केन्द्रीय बैंकले आज निर्देशिका जारी गरेको हो ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जा मध्ये कोभिड-१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *