एनआईसी एशिया बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग (भ्याकेन्सिसहित) – Nepal Press

एनआईसी एशिया बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग (भ्याकेन्सिसहित)

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी मागेको छ । प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरूको खोजीका लागि विभिन्न पदमा दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ ।

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू मागेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको भन्दै बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

बैंकका अनुसार इच्छुकले बैंकको वेबसाइट वा QR Scan गरी २०७९ भदौ १ सम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *