साफ यु–२० : बराबरीसँगै बंगलादेश फाइनलमा, नेपालले भारतको नतिजा कुर्नुपर्ने – Nepal Press

साफ यु–२० : बराबरीसँगै बंगलादेश फाइनलमा, नेपालले भारतको नतिजा कुर्नुपर्ने

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध १–१ गोलको बराबरी खेलेको छ ।

बराबरीसँगै बंगलादेशले फाइनलमा स्थान बनाएको छ भने नेपालले फाइनल सम्भावनाका लागि भारतको नतिजा कुर्नुपर्नेछ ।

आज हुने दोेस्रो खेलमा भारतले माल्दिभ्सको सामना गर्दैछ । उक्त खेलमा भारत हारे नेपाल फाइनल पुग्नेछ । यदि भारतले बराबरी गरे वा जिते स्वतः फाइनल पुग्नेछ ।

भारतको भुवनेश्व्रस्थित कालिङ्गा रंगशालामा सम्पन्न खेलमा बंगलादेशका लागि अहमद नोभा र नेपालका लागि निरञ्जन मल्लले एक एक गोल गरे ।

पहिलो हाफ गाल रहित बराबरीमा सकिएको खेलको ६४औं मिनेटमा नोभाको गोल गर्दै प्रतियोगितामा अपराजित बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेट नबित्दै नेपालका लागि निरञ्जन मल्लले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल हुन सकेन । नेपालसँगको बराबरीसँगै बंगलादेश अपराजित रहँदै फाइनल पुगेको हो । सिंगल राउन्ड रोबिन पद्दतीमा जारि खेलमा तालिकाको शिर्ष दुई टिमले शुक्रबार हुने फाइनल खेल्नेछन ।

खेलको दोस्रो हाफ सुरु भएलगत्तै दुई देशका खेलाडीहरुबीच हाताहालको स्थिति उत्पन्न भएको थियो । जसका कारण रेफ्रीले नेपालका दिपेश गुरुंग र बंलादेशका शाहिदुश इस्लामलाई रेड कार्ड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर