बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल
नेपाल प्रेस
२०७९ साउन १७ गते १७:४३
काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले बंगलादेशविपरुद्ध बराबरी गोल फर्काएको छ ।
मध्यान्तरपछिको तनावपूर्ण खेलमा दुवै देशले छोटो अन्तरालमा १–१ गोल गरेका हुन् ।
खेलमा दुई देशका खेलाडीबीच हात हालाहाल भएको थियो । एक एक खेलाडीले रेड कार्ड पाएपछि दुवै देश १०–१० जनामा सीमित छन् ।
नेपालका लागि जर्सी नं. ८ का निरञ्जन मल्लले खेलको ६८ औं मिनेटमा सानदार गोल गरेका हुन् । उनी सब्स्टिच्युट खेलाडीका रुपमा मैदान गरेका हुन् । आजको खेलमा नेपालले जित्नै पर्ने दबाब छ ।
प्रतिक्रिया