नेपाल र बंगलादेशविरुद्धको खेलमा हात हालाहाल, दुवै देशका खेलाडीलाई रेड कार्ड (भिडिओ) – Nepal Press
साफ यू-२० च्याम्पियनसिप

नेपाल र बंगलादेशविरुद्धको खेलमा हात हालाहाल, दुवै देशका खेलाडीलाई रेड कार्ड (भिडिओ)

काठमाडौं । यू-२० साफ च्याम्पियनसिप अन्तर्गतको नेपाल र बंगलादेशबीच भइरहेको खेलमा तनाव भएको छ ।

खेलको दोस्रो हाफ सुरु भए लगत्तै  जर्सी नं. ६ खेलाडीले फल गरेको साइड रेफ्रीले संकेत गरेपछि ती खेलाडीले प्रतिवाद गरेका थिए ।

नेपालका जर्सी नं. ७ कृतिश रैन छन्जुमाथि फल्ट गरेपछि नेपाली खेलाडीहरू आक्रोशित बनेका थिए । त्यही क्रममा दुवैतर्फका खेलाडीहरूबिच हात हालाहालको स्थिति बनेको थियो ।

हात हालाहालपछि रेफ्रीले दुवै देशका एक एक खेलाडीलाई रेड कार्ड दिएको छ । रेड कार्ड पाउनेमा नेपालका दिपेश गुरुंग र बंगलादेशका शाहिदहुस इस्लाम रहेका छन् ।

यो प्रतियोगितामा रेड दिइएको पहिलो पटक हो । विवाद उत्कर्षमा पुगेपछि रेफ्रीको टिमले सामूहिक रुपमा निर्णय गर्दै रेड कार्ड दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर