बंगलादेशविरुद्ध खेल्ने नेपालको टोली सार्वजनिक, को-को छन् ? – Nepal Press

बंगलादेशविरुद्ध खेल्ने नेपालको टोली सार्वजनिक, को-को छन् ?

काठमाडौं । यु–२० साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि बंगलादेशविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ ।

फाइनल पुग्ने झिनो आशा लिएर मैदान उत्रिन लागेको नेपालकोे टिममा एक जना परिवर्तन गरिएको छ ।

मयांक नकर्मीको स्थानमा सन्दिप कार्की प्लेईङ सेटमा परेका छन् ।

प्रतियोगितामा सुरूवाति दुई खेलमा लगातार जितेर फाईनलमा आइनल पुग्ने बलियो दावेदारी देखाएको नेपाल तेस्रो खेलमा लज्जास्पद रूपमा पराजित भयो ।

भरतसँग तेस्रो खेलमा ८–० गोलको नतिजामा हारेसँगै नेपालको फाइनल सम्भावना लगभग अन्तय भएको छ ।

नेपालले आज आफ्नो खेलमा सुखद नतिजा ल्याएर मात्र फाइनल यात्रा सम्भवना हुँदैन ।

त्यसका लागि नेपालको सामु आजै हुने दोस्रो खेलमा माल्दिभ्सले भारतलाई हराएको वा अंक बाँडेको हुनु पर्नेछ ।

यदि त्यसो नभए नपालले बंगलादेशलाई ७–० गोलको नतिजामा पराजित गर्नु पर्नेछ ।

लगातार तिन जित निकालेको बंगलादेश नौ अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेको भारत दोस्रो र गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ ।

प्रतियोगिताकै दाबेदार टोलीको रुपमा रहेको बंगलादेशमाथि जित निकाल्नु नेपालका लागि सहज भने छैन । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाई पनि पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा बंगलादेशले माल्दिभ्समाथि सहज जितसहित फाइनलमा दाबेदारी बलियो पारेको थियो ।

सिंगल राउण्ड रोबिन पद्धतिमा हुने खेलमा तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

को-को छन् नेपाली टिममा ?

आयुष घलाना (कप्तान), ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, सुगम सुवाल, सन्दिप कार्की ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर