अर्थमन्त्रालयका कर्मचारीले लिए ५० लाखभन्दा बढी महँगी भत्ता, बैठक भत्तामा ४२ लाख खर्च – Nepal Press

अर्थमन्त्रालयका कर्मचारीले लिए ५० लाखभन्दा बढी महँगी भत्ता, बैठक भत्तामा ४२ लाख खर्च

काठमाडौं । अर्थमन्त्रालयका कर्मचारीले महँगी भत्ता मात्र ५० लाख ६० हजार १ सय ५० रूपैयाँ पाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा महँगी भत्ताका लागि ५१ लाख रूपैयाँभन्दा बजेट छुट्याएकोमा अझै ४३ हजार ८ सय रूपैयाँ भुक्तानी बाँकी छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले मुलुकमा ९ प्रतिशत नजिक महँगी पुगेको छ । सरकारी कर्मचारीलाई महँगी भत्ताको व्यवस्था भएपनि सर्वसाधारणको भान्सा सहज हुने गरी महँगी नियन्त्रणमा चासो नदेखाएको भन्दै सरकारको आलोचना बढेको छ ।

यस्तै मन्त्रालयलका कर्मचारीले बैठक भत्ताबापत ४२ लाख १९ हजार भन्दा बढी पाएका छन् । मन्त्रालयले यो शीर्षकका लागि ४ लाख २२ हजार छुट्याएको थियो ।

अर्थमन्त्रालयका कर्मचारीका लागि विभिन्न शीर्षकमा ३६ करोड ९३ लाख खर्च भएको मन्त्रालयले जनाएको छ । भ्रमण खर्चमा १४ लाख २४ हजार, पोषाकका लागि १९ लाख १३ हजार, पारिश्रमिक १३ करोड, पदाधिकारीको पारिश्रमिकमा ३९ लाख खर्च भएको हो । मन्त्रालयले विभिन्न कार्यक्रममा १ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै फर्निचर, मेसिनरी, कम्प्युटर, सफ्टवेयर, भवनको संरचनात्मक सुधारको लागि २ करोड ४० लाख ३० हजार रूपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा अर्थमन्त्री जनार्दन शर्मा र सचिवालयमा ३९ लाख ७३ हजार रूपैयाँ पारिश्रमिक भुक्तानी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *