१ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ आउँदै, कुन कम्पनीको कति ? – Nepal Press

१ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ आउँदै, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल पूँजी बजारमा १ अर्ब ६० करोड बराबरको आइपीओ निष्कासन हुने भएको छ । नेपाल धितो पत्र बोर्डमा विभिन्न ३० वटा कम्पनीले आइपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् ।

२०७७ सालदेखि आइपीओको अनुमति माग्दै बोर्ड पुगेका कम्पनीले अहिलेसम्म आइपीओ निष्कासनको अनुमति पाएका छैनन् । २०७७ असार ३० गते डिस मिडिया नेटवर्कले आइपीओ निष्कासनको लागि अनुमति माग गरेर बोर्डमा आवेदन दिएको थियो । यसले २३ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

आइपीओ निष्कासनको लागि अनुमति माग गर्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १५ वटा जलविद्युत कम्पनी आइपीओ निष्कासनको लागि पाइप लाइनमा रहेको नेपाल धितो पत्र बोर्डले जनाएको छ ।

कुन-कुन कम्पनीले आउँदै छ आइपीओ ?

नेपाल धितो पत्र बोर्डमा आइएमइ लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता, थ्रिस्टार हाइड्रोपावरको १२ लख ३१ हजार कित्ता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको २ लाख ३ हजार कित्ता, सुपरमाइ हाइड्रोपावरको १० लाख कित्ता, मोलुङ हाइड्रोपावरको ३५ लाख ३१ हजार कित्ता, पिपल्स हाइड्रोपावर कम्पनीको ८० लाख कित्ता, बाराही हाइड्रोपावरको ७ लाख कित्ता, एसियन हाइड्रोपावरको ११ लाख ८० हजार कित्ता, कालिन्चोक दर्शनको १२ लाख कित्ता, सृजनशील लघुवित्त वित्तीय संस्थाको ३ लाख ९३ हजार कित्ता आइपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।

यस्तै रिलायबल लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता, कुथेली बुकरी स्मल हाइड्रोपावरको २ लाख ४३ हजार कित्ता, मुक्तिनाथ कृषि कम्पनीको ४ लाख कित्ता सेयर निष्कासनको चरणमा छ । यता हाथवे इन्भेस्टमेन्ट नेपालले पनि २९ लाख २५ हजार कित्ता, सिटी होटेलको १६ लाख ७४ हजार, मायाखोला हाइड्रोपावरको ३४ लाख कित्ता, बुंगोल इनर्जी डेभलपमेन्टको १६ लाख ३२ हजार कित्ता आइपिओ पाइप लाइनमा छ । यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको २२ लाख कित्ता, विपिडब्लु लघुवित्त वित्तीय संस्थाको ९७ हजार, इन्ग्वा हाइड्रोपावरको १ लाख कित्ता, शुभम् पावरको पाँच लाख ८० हजार कित्ता सेयर पाइप लाइनमा छ ।

सुपरमादी हाइड्रोपावरको ३१ लख ५० हजार, सानिमा मिडिल तमोर हाइड्रोपावरको ८३ लाख ३१ हजार, रावा इनर्जि डेभलपमेन्टको ८ लाख ४० हजार, ट्रेड टावरको ११ लाख ५८ हजार कित्ता, सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता, आपर स्याङ्गे हाइड्रोपावर ८ लाख ७० हजार, रिलायन्स स्पिनिङ मिल्सको ७ लाख ७० हजार र घोराही सिमेन्टको ७९ लाख ४३ हजार कित्ता आइपिओ निष्कासनको चरणमा छ ।

नेपाल धितो पत्र बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन गर्न पाउनेछन् । बोर्डले ती कम्पनीको बारेमा अध्ययन भइरहेको जनाएको छ ।

बुक बिल्डिङबाट जान लागेको सर्वोत्तम सिमेन्टले अझै पाएन अनुमति

२०७७ सालमै सर्वोत्तम सिमेन्टको साधारण सभाले बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने निर्णय पारित गराएको थियो । महँगोमा सेयर बेच्न लागेको आरोप खेपेको सर्वोत्तमको सेयर निष्कासन हुनु अगावै नियामकसँग मिलेमतो गरेर भित्री कारोबार गरेको भन्दै नियामकका प्रमुखले यही काण्डमा निलम्बित हुनुपरेको थियो । बिचमा रोकिएको सर्वोत्तमको सेयर अब भने बोर्डले अनुमति दिएपछि जारी हुनेछ । हाल सर्वोत्तमले ६० लाख कित्ता प्राथमिक सेयर प्रिमियममा निष्कासन गर्न प्रक्रियामा छ ।

६० लाख कित्ताको ४० प्रतिशतले हुन आउने २४ लाख कित्ताका लागि योग्य संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन् । बाँकी रहेको ३६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वसाधारणका लागि निष्कासन गरिने सेयर कट अफ मूल्यको १० प्रतिशत छुट गरी बिक्री गरिनेछ । यसको न्यूनतम ५० कित्ताको लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *