सोमबार झिनो अंकले बढ्यो सेयर बजार – Nepal Press

सोमबार झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार सोमबार पनि बढेको छ । ०.०५ प्रतिशतले बढेको बजारमा ४ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । सोमबार १.१५ अंकले बढेको बजार २१९६.२५ विन्दुमा अडिएको छ ।

आजको कारोबारमा २१७ कम्पनी सामेल भएका थिए । बैकिङ, ट्रेडिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट समुहमा बढोत्तरी छ भने बाँकी रहेका समुह ओरालो लागेको छ ।

यस दिन १ करोड ५ लाख १८ हजार कित्ता सेयर खरिद बिक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *