यू-२० साफः नेपालको फाइनल सम्भावना लगभग अन्त्य, यस्तो छ समिकरण – Nepal Press

यू-२० साफः नेपालको फाइनल सम्भावना लगभग अन्त्य, यस्तो छ समिकरण

काठमाडौं । यू-२० साफ च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग लन्जास्पद रुपमा पराजित भएसँगै नेपालको फाइनल सम्भावना लगभग अन्त्य भएको छ ।

आइतबार भुवनेश्वरस्थित कालिंगा रंगाशालामा नेपाल भारतसँग ८–० गोलको नतिजामा पराजित भयो । पहिलो र दोस्रो खेल लगातार जितेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको नेपालको भारतविरुद्ध यो नतिजा अनपेक्षित थियो ।

पहिलो हाफमा एक गोल मात्रै खाएको नेपाल दोस्रो हाफमा भारतविद्ध निरिह बन्यो । इन्जुरी समयसम्म पनि भारतले नेपालमाथि गोलको वर्षा गरिरहयो ।

भारतसँगको हारसँगै नेपाल तालिकाको तेस्रो स्थानमा झरेको छ । दोस्रो स्थानमा भारत छ । नेपालसँग समान ६ अंक भएपनि गोल अन्तरका आधारमा भारत अघि छ । लगातार तीन जित निकालेको बंगलादेश ९ अंकसहित तेस्रो स्थानमा छ ।

अब नेपालले बंगलादेशलाई कम्तिमा ७–० गोलको नतिजामा पराजित गरेमात्रै फाइनल पुग्नेछ । यस्तै, भारत माल्दिभ्ससँग पराजित भएमा नेपालले बंगलादेशसँग बराबरी मात्रै खेलेपनि फाइनलमा स्थान बनाउने छ । तर, भारत र माल्दिभ्सको बराबरी भएमा नेपालले बंगलादेशलाई १–० गोलको नतिजामा पराजित गर्नु पर्नेछ ।

नेपालले मंगलबार बंगलादेशको सामना गर्नेछ । भारतले पनि मंगलबार नै माल्दिभ्ससँग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

One thought on “यू-२० साफः नेपालको फाइनल सम्भावना लगभग अन्त्य, यस्तो छ समिकरण

  1. Yasta pani khelaadi hunx kahi navako jaatra yo sabai kahi katai sankaako kura x yasto ghina laagdo khel kahi hudain sabai ko melemahatto ma gem haareko ho khel baat thaahaa paainx yastai vayar nepal ko khelkuda ma kahile bikasa hudain sabai ghaati hun

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर