भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, टिममा एक परिवर्तन – Nepal Press

भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, टिममा एक परिवर्तन

काठमाडौं । यू-२० साफ च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा भारतविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् । जसमा टिममा एक परिवर्तन गरिएको छ ।
सन्दीप कार्कीको स्थानमा मयांक नकर्मी प्लेईङ सेटमा परेका छन् ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनल पुग्ने रणनीतिमा मैदान उत्रँदै छ ।

पहिलो खेलमा माल्दिभ्सविरूद्ध ४-० गोलको नतिजामा जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलको नतिजामा हराएको थियो ।

सिंगल राउण्ड रोबिन पद्धतिमा हुने खेलमा तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिम:

आयुष घलान (कप्तान), ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, सुगम सुवाल, मयांक नकर्मी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर