पेट्रोलियम ढुवानी व्यवसायीले भोलिदेखि आन्दोलन गर्ने – Nepal Press

पेट्रोलियम ढुवानी व्यवसायीले भोलिदेखि आन्दोलन गर्ने

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् ।

महासंघको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन् ।

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड गर्नेछैन् । २१ गतेबाट सबै ट्यांकरले लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *