नेप्से ५४ अंकले वृद्धि, ५ वटा कम्पनीमा सर्किट – Nepal Press

नेप्से ५४ अंकले वृद्धि, ५ वटा कम्पनीमा सर्किट

काठमाडौं । आइतबार पनि सेयर बजारमा उत्साह देखिएको छ । साढे २ प्रतिशतले बढेको बजारमा ४ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो । आजको कारोबारमा २२० कम्पनी सामेल भएका थिए ।

आइएमइ जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स , नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्किट लेभलमा (१० प्रतिशत) बढेको छ ।

आइतबार फाइनान्स बाहेक सबै समूहमा बढोत्तरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *