हिताची ब्राण्डको ४ नयाँ अत्याधुनिक उत्पादन नेपाली बजारमा – Nepal Press

हिताची ब्राण्डको ४ नयाँ अत्याधुनिक उत्पादन नेपाली बजारमा

काठमाडौं । हिताची ब्राण्डको चार वटा नयाँ उत्पादनहरू नेपाली बजारमा आएका छन् । हिताचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनरको नेपाली बजारमा ल्याउने भएको हो ।

रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकमको नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो ।

कार्यक्रममा एएचएसजीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए ।

कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *