ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोती पसलमा – Nepal Press

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोती पसलमा

लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङको मध्य नेपाल नगरपालिका ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २९ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *