धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने संस्थाको कारोबार नरोक्न निर्देशिका ल्याउँदै – Nepal Press

धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने संस्थाको कारोबार नरोक्न निर्देशिका ल्याउँदै

काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार नरोक्न आगामी १० दिनभित्र निर्देशिका जारी गर्ने भएको छ ।

यसका लागि बोर्डभित्र विज्ञ टोली बसेर निर्देशिका बनिरहेको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । नेपाल राष्ट्र बैंकले केही दिनअघि मौद्रिक नीतिमार्फत नेपाल धितोपत्र बोर्डको स्वायततालाई स्वतन्त्र छोड्दै मर्जरमा जान लागेको बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार नरोक्ने गरी धितोत्रपले नै नीति जारी गर्ने व्यवस्था गरेको थियो ।

अहिले मर्जर र एक्विजिसनको प्रक्रिया अघि बढेपछि एकिकृत कारोबार नभइन्जेल ती कम्पनीको सेयर कारोबार रोक्का हुँदै आएका थिए । यस्तो प्रक्रिया टुंगिन कम्तीमा एक वर्ष लाग्ने गरेको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम जारी गरेको छ ।

गैरआवासीय नेपालीका लागि आइपिओमा १० प्रतिशत सेयर आरक्षित गरिने, गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुहरु संशोधन गरिने, लगानीकर्तालाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने लगायतका व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ ।

सेबोनको नीति तथा कार्यक्रमले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *