महिला यूरो २०२२: जर्मनी फाइनलमा – Nepal Press

महिला यूरो २०२२: जर्मनी फाइनलमा

काठमाडौं । कप्तान अलेकजेन्डर पपको दुईगोल प्रेरित महिला यूरो च्याम्पियनसिप २०२२को सेमिफाइनलमा फ्रानसलाइ २(१ गालको नतिजामा पराजित गर्दै जर्मनी फाइनल प्रवेश गरेको छ ।

बुधबार राति स्टेडियम एम केमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई पराजित गरेसँगै सर्वाधिक ८ पटकको च्याम्पियन जर्मनीले फाइनलमा इङल्यान्डसँगको भेट पक्का गरेको हो ।

खेलको ४०औं मिनेटमा पपले गोल गर्दै जर्मनीलाई सुरूवाति अग्रता दिलाएकी थिइन् । त्यसको चार मिनेट नबित्दै फ्रान्सकि काडिडिआटोउ डिनीले बराबरी गोल फर्काएकी थिइन् ।

पपले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन् ।

सेमिफाइनलमा दुई गोल गरेसँगै पेपले प्रतियोगितामा ६ गोल पुर्एकी छिन् । उनी इङल्यान्डकी वेथ मेडसंगै गोल्डेन बुट दौडमा छिन् । मेडको पनि समान ६ गोल रहेको छ ।

जर्मनी र इङल्यान्डबीचको फाइनल खेल सनिवार राती वेम्ब्ली स्ट्डियममा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर