टेस्ट वरियतामा पनि तेस्रो स्थानमा उक्लिए बाबर आजम – Nepal Press

टेस्ट वरियतामा पनि तेस्रो स्थानमा उक्लिए बाबर आजम

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम टेस्ट ब्याटिङ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

उनी तिनै फर्म्याटमा नम्बर एक हुने दौडमा छन् । सोही क्रममा एक स्थान सुधार गर्दै उनी तेस्रोमा उक्लिएका हुन् ।

एकदिवसीय र टी–२० वरियतामा बाबर लामो समयदेखि शीर्ष स्थानमा छन् । गत महिना भारतका विराट कोहलीको हजार दिन भन्दा बढी टी–२०आई को शीर्ष स्थानमा रहने रेकर्ड उनले तोडेका थिए ।

यस्तै, टेस्टको शीर्ष स्थानमा टेस्टको शीर्ष स्थानमा इङल्यान्डका जोय रुट छन् । दोस्रो स्थानमा अस्ट्रेलियाका मार्नुस लाबुसेङ रहेका छन् ।

अस्ट्रेलियाका स्टेभ स्मिथ चौथो स्थानमा रहँदा भारतका ऋषभ पन्त पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर