क्यान अध्यक्ष चन्दले पाए ‘आईसीसी लङ सर्भिस अवार्ड’ – Nepal Press

क्यान अध्यक्ष चन्दले पाए ‘आईसीसी लङ सर्भिस अवार्ड’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट अवार्ड प्राप्त गरेका छन् ।

इङ्गल्यान्डमा आईसीसीको साधारणसभामा सहभागिता जनाउन गएका अध्यक्ष चन्दले आईसीसीबाट ‘आईसीसी लङ सर्भिस अवार्ड’ प्राप्त गरेको क्यानले जनाएको छ ।

क्रिकेटको विकासमा उनको असाधारण समर्पण र प्रतिबद्धताको कारण आईसीसीले चन्दलाई उक्त अवार्ड प्रदान गरेको बताईएको छ ।

चन्दसँगै साधारणसभामा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल पनि इङ्गल्यान्ड गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर