फरेन्सिक विज्ञहरु निस्के, समिति सदस्यहरु छलफलमै – Nepal Press

फरेन्सिक विज्ञहरु निस्के, समिति सदस्यहरु छलफलमै

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शमाले बजेटमा अनाधिकृत व्यक्तिहरुलाई संलग्न गराएर करको दर हेरफेर गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिको बैठकबाट फरेन्सिक विज्ञहरु निस्किएका छन् ।

मंगलबार अपरान्ह भएको बैठकमा फरेन्सिक ल्याबले पठाएको जेठ १४ गतेको सीसीटीभी रिकभरी भिडियोबारे छलफलका लागि समितिले विज्ञहरुलाई बोलाएको थियो ।

बैठकाबाट निस्कने क्रममा विज्ञहरुले पत्रकारहरुसँग कुनै पनि प्रतिक्रिया दिन चाहेनन् । समितिका सदस्यहरु भने छलफलमा नै छन् ।

गत जेठ १४ गते मध्य रातमा अनाधिकृत व्यक्तिहरुलाई सिंहदरबार प्रवेश गराई बजेटमा करको दर हेरफेर गरिएको भन्दै छानबिनका लागि समिति गठन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *