सेयर बजारमा टिकेन उत्साह, ४४ अंकले घट्यो नेप्से – Nepal Press

सेयर बजारमा टिकेन उत्साह, ४४ अंकले घट्यो नेप्से

काठमाडौं । मौद्रिक नीतिपछि लगातार बढेको सेयर बजारको उत्साहमा भने मंगलबार ब्रेक भएको छ ।

आज बजार ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । करिब डेढ महिनापछि २१०० को बिन्दु टेकेको बजारले मंगलबार भने त्यो स्थिति कायम राख्न सकेन ।

कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । २२२ कम्पनी सामेल भएको आजको बजारमा ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जीवन बिमा, विकास बैंक, लघुवित्त समुहको गिरावट सबैभन्दा बढी छ ।

बजार घट्दा पनि मल्टिपर्पोज फाइनान्स, सुर्योदय लघुवित्त वित्तिय संस्था, युनाइटेड मोदि हाइड्रोपावरको सेयर मूल्यको वृद्धि सबैभन्दा बढी छ । गणपति माइक्रोफाइनान्स वित्तिय संस्था र रिभर फल्स पावर लिमिटेडका सेयर धनीले सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *