आफ्नो भविष्यबारे छलफल गर्न युनाइटेडका प्रशिक्षक भेट्दै रोनाल्डो – Nepal Press

आफ्नो भविष्यबारे छलफल गर्न युनाइटेडका प्रशिक्षक भेट्दै रोनाल्डो

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले मंगलबार म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हगसँग आफ्नो भविष्यबारे छलफल गर्न भेट्ने भएका छन् ।

पोर्चिुगिच स्टार यस समर ट्रन्सफरमा युनाइटेड छोड्न चाहान्छन् । व्यक्तिगत कारण बताउँदै उनले अमेरिका र थाइल्यान्डमा भएको प्री–सिजन टुर पनि गुमाएका थिए ।

टिमसँगै प्रशिक्षण नगरे पनि रोनाल्डो म्यान्चेस्टर फर्किएका छन् । गत सिजन रोनाल्डो रियल मड्रिड र युभेन्टसमा खेलेर १२ वर्षपछि युनाइटेड फर्किएका थिए ।

टेन हगले प्री–सिजन टुर अगाडि रोनाल्डोसँग राम्रोसँग कुराकानी गरेको र उनीहरुबीच सकारात्मक कुरा भएको बताएका थिए ।

प्री–सिजन टुरमा अनुपस्थित रोनल्डो क्यारिङटनमा आयोजना भएको क्लबको ट्रेनिङमा पनि अनुपस्थित रहे ।

रोनाल्डो गत सिजन युनाइटेडको सर्वार्धिक र प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा थिए । तर युनाइटेडको समग्र प्रदर्शन भने निराशजनक नै रह्यो ।

प्रिमियर लिग छैठौं स्थानमा अन्त्य गरेका युनाइटेड च्याम्पियन्स लिग छनोटबाट बञ्चित भयो । यसको अर्थ रोनाल्डोले पहिलो पटक युरोपा लिग खेल्ने भएका छन् ।

पाँच पटकका बालोन’डी ओर विजेता रोनाल्डो युनाइटेड छोड्न चाहान्छन् । तर, युनाइटेड रोनाल्डोलाई बिक्रीमा राखिएको खेलाडीको रुपमा हेर्दैन ।

चेल्सीले यसै महिनाको सुरुवातमा खेलाडी यस सिजनलाई अनुबन्द्ध नगर्ने बताएको छ । रोनाल्डो बार्यन म्युनिख र एटलेटिको मड्रिड जने सम्भावनाबारे आजकल चर्चा भने हुने गरेको छ ।

युनाइटेडले प्री–सिजन टुर अन्तर्गत एटलेटिको मड्रिडसँग नर्वेमा गत शनिबार प्रतिस्पर्धा गरेको थियो । यस्तै, प्री– सिजनको अन्तिम खेल ओल्ड ट्राफोर्डमा रायो भायकानोसँग आइतबार खेल्नेछ ।

युनाइटेडले प्रिमियर लिगमा सिजन २०२२/२३ अन्तर्गत पहिलो खेल ब्राइटर्नको घरेलु मैदानमा ७ अगस्टमा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर