यू-२० साफ च्याम्पियनसीपमा नेपालको शानदार सुरुवात, माल्दिभ्सविरुद्ध ४–० गोलले विजयी – Nepal Press

यू-२० साफ च्याम्पियनसीपमा नेपालको शानदार सुरुवात, माल्दिभ्सविरुद्ध ४–० गोलले विजयी

काठमाडौं, ९ साउन । भारतमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले सोमबार साँझ मालदिभ्सलाई ४–० गोलले हरायो ।

नेपालका दीपेश गुरुङ, सुगम दुवाल, क्रितिसरत्न चुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे। दीपेशले ४१ औँ मिनेटमा डी बक्सबाहिरबाट शानदार गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

सुवालले ५८ औँ मिनेटमा अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा क्रितिसले पेनाल्टीमा गोल गर्दै अग्रता बढाएका हुन्। अन्तिम गोल इन्जुरी समयमा भएको थियो ।

प्रतियोगिताअन्तर्गत नेपालले बुधबार श्रीलंका, जुलाई २८ तारिखमा भारत र अगस्ट २ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर