सेयर बजार दोहोरो अंकले बढ्दा ४ अर्बभन्दा बढी कारोबार – Nepal Press

सेयर बजार दोहोरो अंकले बढ्दा ४ अर्बभन्दा बढी कारोबार

काठमाडौं । सोमबार पनि सेयरबजारमा चमक देखिएको छ । ५४.४५ अंकले बढेको बजार २१३२.९६ विन्दूमा अडिएको छ । कारोबारमा आएका सबै समूहमा बढोत्तरी छ ।

आजको कारोबारमा २१४ कम्पनी सामेल थिए । सोमबार ९९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

जीवन बीमा, विकास बैंक, लघुवित्त, उत्पादन तथा प्रशोधन समूहमा आकर्षक बढोत्तरी छ । बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, सूर्योदय वमी लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र मानुसी लघुवित्त वित्तीय संस्था गरी सातवटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा (१० प्रतिशत) बढेको छ ।

यस्तै एक दर्जनभन्दा बढी कमको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा छ । यसको १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै बढ्न थालेको सेयर बजारको वृद्धिले सोमबार पनि निरन्तरता पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *