मौद्रिक नीतिपछि चम्कियो सेयर बजार, नेप्से ६१ अंकले वृद्धि – Nepal Press

मौद्रिक नीतिपछि चम्कियो सेयर बजार, नेप्से ६१ अंकले वृद्धि

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

मौद्रिक नीतिको पर्खाइमा रहेको बजार मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमा बढेर उत्साहजनक वृद्धि भएको हो । आज नेप्से सुचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा आइपुगेको छ ।

समग्रमा बजार ३.०३ प्रतिशतले बढेको हो । आइतबार कारोबारमा आएका सबै समूहमा बढोत्तरी छ । २१९ कम्पनीको २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । जीवन बिमा, विकास बैंक र नीर्जिवन बिमा समूहतर्फको आकर्षक वृद्धि देखिएको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज पाइनान्स कम्पनीको सेयर मुल्य सर्किट लाग्ने गरी बढेको छ । यस्तै, आधादर्जन भन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा छ । यसको ३९ करोड ७१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यसको सेयरमूल्य ७ सय ८९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *