८ वाणिज्य बैंकको वित्तीय विवरण : कुनको सेयरधनीले कति कमाए ? – Nepal Press

८ वाणिज्य बैंकको वित्तीय विवरण : कुनको सेयरधनीले कति कमाए ?

काठमाडौं । हालसम्म ८ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । विवरण सार्वजनिक गर्ने बैंकहरूमा सनराइज, सिटिजन्स, सानिमा, माछापुछ्रे, प्रभु, एनआईसी एशिया, लक्ष्मी र ग्लोबल आइएमइ बैंक छन् । यी सबै बैंकको नाफा अर्बमाथि पुगेको छ ।

एनआईसीका लगानीकर्ताको सेयर आम्दानी सबैभन्दा बढी

वित्तीय विवरण सार्वजनिक भएको ८ वटा वाणिज्य बैंकमा एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी देखिएको छ । यस बैंकको लगानीकर्ताले एक सेयर बराबर ३९ रूपैयाँ १३ पैसा आम्दानी गरेका छन् । यस्तै सानिमा बैंकका सेयरधनीले एक सेयर बराबर २३ रूपैयाँ ५१ पैसा आम्दानी गरेका छन् ।

सनराइज बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसाले बढेर २१ रूपैयाँ २६ पैसा पुगेको छ । यस्तै सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमशः १७ रुपैयाँ ३५ पैसा र १४८ रुपैयाँ ४९ पैसा रहेको थियो ।

सानिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमश २३ रुपैयाँ ५१ पैसा र १५३ रुपैयाँ ६० पैसा रहेको थियो । यता माछापुछ्रे बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमशः १८ रुपैयाँ १ पैसा र १४२ रुपैयाँ रहेको थियो ।

प्रभु बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमश १५ रुपैयाँ १७ पैसा र १५३ रुपैयाँ ५० पैसा रहेको थियो । ग्लोबल आइएमइ बैंककोप्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।

नाफामा ग्लोबल आईएमई अगाडि

वित्तीय विवरण सार्वजनिक भएका ८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ग्लोबल आईएमईले नाफा कमाएको छ । यसको नाफा ५ अर्ब रूपैयाँभन्दा माथि छ भने दोस्रोमा एनआइसी एसिया बैंक देखिएको छ । यसको नाफा साढे ४ अर्ब रुपैयाँमाथि रहेको छ । अन्य बैंकहरूको नाफा भने अर्ब रूपैयाँमाथि छ ।

सनराइज बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । खुद नाफा ४८.६९ प्रतिशतले बढेको हो । यता सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा २४.७६५ ले बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रूपैयाँ पुगेको छ ।

गत वर्षको यसै अवधिमा यसले १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *