सुनको मूल्य फेरि बढ्यो – Nepal Press

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९३ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर  एक हजार १५५ तोकिएकोे छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *