महिला यूरो २०२२ : सेमिफाइनलमा हराएर इङल्यान्डको ‘पार्टी’ खल्लो बनाउन चाहन्छिन् स्वीडेनकी सुपरस्टार एरिक्सन – Nepal Press

महिला यूरो २०२२ : सेमिफाइनलमा हराएर इङल्यान्डको ‘पार्टी’ खल्लो बनाउन चाहन्छिन् स्वीडेनकी सुपरस्टार एरिक्सन

काठमाडौं । स्वीडेनकी स्टार खेलाडी माग्डालेना एरिक्सनले महिला युरो २०२२ को सेमिफाइनलमा इङल्यान्डलाई निशाना बनाएकी छिन् । उन्ले इङल्यान्डको ‘पार्टी’ खल्लो बनाउन पाए मज्जा आउने प्रतिक्रिया दिएकी छिन् ।

फिफा वरियताको दोस्रो स्थानमा रहेको स्वीडेनले शुक्रबार राति वेल्जियमलाई १-० गोलको नतिजामा पराजित गर्दै अन्तिम चारमा इङल्यान्डसँगको भेट पक्का गरेको छ ।

महिला सुपर लिगमा चेल्सिको कप्तान रहेकी एरिक्सनले बुधबार ब्रामल लेन स्टेडियममा हुने सेमिफाइनल खेलमा आफ्ना ‘क्लबमेट’ हरुसँग प्रतिस्पर्धा गर्नेछिन् । इङल्यान्डका फ्रान किर्बी र मिलि ब्राइट एरिक्सनसँगै चेल्सिबाट व्यवसायिक फुटबल खेलछन् ।

इङल्यान्ड योसँगै लगातार दोस्रो पटक पहिला यूरोको सेमिफाइनल पुगेको हो । गत सिजन विजेता नेदरल्यान्डसँग ३–० गोलको नतिजामा पराजित हुँदै बाहिरिएको थियो ।

यसपटक इङल्यान्डले घरेलु मैदान भएकाले घलेलु दर्शकको समर्थनका फाइदा उठाउने कोसिस भने गेर्नेछ ।शुक्रबार बेल्जियमलाई हराएर सेमिफाइनल यात्रा तय गरेसँगै एरिक्सन सेफिल्डमा सरिना विगम्यानको टिमको सामना गर्नुपर्दाको आनन्द लिइरहेकी थिइन् ।

‘सेमिफाइनलमा इङल्यान्डको समना गर्नु अविश्वासनीय रुपमा विशेष छ । उनीहरु सेमिफाइनल पुग्दा म खुसी थिएँ, यो असाध्यै राम्रो चुनौती हुनेछ,’ एरिक्सनले भनिन् ।

‘हामी उनीहरुको पार्टीलाई ध्वस्त पार्न सक्दो कोसिस गर्नेछौं । उनीहरले राम्रो प्रदर्शन गरेका छन् र इङल्यान्डका धेरै खेलाडीहरुलाई म राम्रोसँग चिन्छु,’ एरिक्सनले थपिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर