मौद्रिक नीति : बढ्याे ब्याजदर करिडोरको सीमा – Nepal Press

मौद्रिक नीति : बढ्याे ब्याजदर करिडोरको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको सीमा बढाएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले कर्जाको आकार कुल ग्राहस्थ उत्पादन सरह नै पुगेकाले त्यसलाई सीमा भित्र ल्याउन नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको सीमा बढाएको हो ।

कर्जालाइ उत्पादनशील क्षेत्रमा लगाई आर्थिक वृद्धि गराउन जोड दिइने भएको छ । समष्टिगत आर्थिक स्थायित्वका लागि ब्याजदर करिडोरलाई बैंकले १.५ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।

यसअन्तर्गत बैंकदर ८. प्रतिशत, नीतिगत दर ७ प्रतिशत निक्षेप संकलन दरलाई ५ प्रतिशत कायम गरिएको छ ।

यसअघि बैंकदर ७ प्रतिशत थियो । अनिवार्य नगद अनुपात भाद्र १ बाट ४ प्रतिशत पुगेको छ ।

अब बैंकहरुले आफ्नो पुँजीको ४ प्रतिशत नगद अनिवार्य मौज्दात राख्नुपर्नेछ ।

वैधानिक तरलतामा पनि वृद्धि भएको छ । अब वाणिज्य बैंकले १२ प्रतिशत र विकास बैंक र फाइनान्स कम्पनीले १० प्रतिशत कायम गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *