नेप्सेमा दोहोरो अंकको गिरावट, मौद्रिक नीतिसँग डराएका हुन् लगानीकर्ता ? – Nepal Press

नेप्सेमा दोहोरो अंकको गिरावट, मौद्रिक नीतिसँग डराएका हुन् लगानीकर्ता ?

काठमाडौं । मौद्रिक नीति सार्वजनिकको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सेयरबजारसँग सम्बन्धित मौद्रिक नीतिका केही सुचनाहरु चुहिएपछि लगानीकर्तामा मौद्रिक नीति कस्तो आउला भन्ने अन्यौल देखिएको छ ।

जसका कारण नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आजको बजार २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको छ ।

कारोबारमा आएका सबै समुहमा गिरावट आएको छ । सबैभन्दा बढी गिरावट उत्पादन तथा प्रशोधन र जीवन बिमा समूहतर्फ आएको छ ।

आज १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बजार पुँजीकरण २८ खर्ब ८० अर्ब कायम भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *