जाँदाजाँदै पुबुदुको सन्देश: नेपाली टीम युवा कप्तानको महान हातमा छ – Nepal Press

जाँदाजाँदै पुबुदुको सन्देश: नेपाली टीम युवा कप्तानको महान हातमा छ

काठमाडौं । हालै नेपाली क्रिकेटको प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दशानायकेले नेपाली क्रिकेट टीमलाई भावुक सन्देश लेखेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट युवा कप्तान सन्दीप लामिछानेको कुशल नेतृत्वमा रहेको र सन्दीप साथै अहिलेको क्रिकेट टीमले आकाश जत्तिकै अनन्तः सम्भावना बोकेको बताएका छन् ।

‘मेरो शुभचिन्तक ती हुन्, जसले मलाई राम्रो र खराब दुवै समयमा साथ दिए । आलोचनाहरुले मलाई भोलिको दिनमा राम्रो गर्न प्रेरणा दिन्छ । नेपाली क्रिकेट युवा कप्तान सन्दीप लामिछानेको कुशल नेतृत्वमा रहेको छ । सन्दीप र अहिलेको टीमले आकाश जत्तिकै अनन्त सम्भावना बोकेको छ । नेपाली क्रिकेटको हिस्सा हुन पाउँदा धन्य छु’, उनले लेखेका छन् ।

श्रीलंकाली पूर्वक्रिकेटर दासानायके गत मंसिरमा दोस्रोपटक नेपाली क्रिकेट टीमको प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा सन्तोषजनक नतिजा आएको थिएन । तर, उनले व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय टीमको प्रशिक्षकबाट गत बुधबार राजीनामा दिएका थिए । उनी नेपालमा राजीनामा दिएलगत्तै क्यानाडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

पहिलो कार्यकालमा पुबुदुको प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ देखि १ सम्मको यात्रा तय गरेको थियो । सन् २०१४ मा बंगलादेशमा आयोजित टी- २० विश्वकपमा नेपालले स्थान बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर