साउन २१ सम्म वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन – Nepal Press

साउन २१ सम्म वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिसक्न नेपल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई चौथो त्रैमासको अन्तरिक वित्तिय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशित गरिसक्न निर्देशन दिएको हो । यो सीमा यसअघि एक महिनाको थियो ।

यस्तै हरेक त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन ७ दिनभित्र राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्न पनि भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *