नेपाल टेलिकमबाट जुनसुकै नेटवर्कमा कल गर्न नयाँ अफर – Nepal Press

नेपाल टेलिकमबाट जुनसुकै नेटवर्कमा कल गर्न नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहे को छ ।

कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी गराएका छन् ।

नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि रु. ४९ मा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि रु. ४९ मा उपलब्ध छ ।

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु. १५, २०० एसएमएस ३ दिनको लागि रु. २९ र ३०० एसएमएस २८ दिनको लागि रु. ९८ मा पठाउन सकिने छ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ ।

सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।

पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ ।

 

प्रतिक्रिया

One thought on “नेपाल टेलिकमबाट जुनसुकै नेटवर्कमा कल गर्न नयाँ अफर

  1. अफरहरु धनीमूखी नभएर गरिबमूखी पनि हुनुपर्छ ।गरिबहरुकालागि थोरै पैसामा बरु थोरै मिनेट भएपनि अफर अाअोस्।जस्तैः १महिनाकालागि रु १००मा १०० मिनेट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *