संसदीय छानबिन समितिमा बयान दिन जनार्दन शर्मा सिंहदरबारमा – Nepal Press
अर्थमन्त्री प्रकरण

संसदीय छानबिन समितिमा बयान दिन जनार्दन शर्मा सिंहदरबारमा

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका छन् । शर्मा आज संसदीय विशेष समितिमा बयान दिन संसदीय समिति पुगेका हुन् ।

तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई बाेलाएकाे थियाे । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको  थियाे ।

हिजो बसेको समितिको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय थियो ।

यसअघि सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । त्यसमा आज आठौं दिन गुज्रिसकेको छ ।अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *