दिल्ली पुगेर प्रेमी नभेटेपछि जहाजमा रुँदै फर्किइन् राखी सावन्त – Nepal Press

दिल्ली पुगेर प्रेमी नभेटेपछि जहाजमा रुँदै फर्किइन् राखी सावन्त

काठमाडौं । प्रेमी आदिल खानलाई भेट्न दिल्ली पुगेकी अभिनेत्री राखी सावन्त आदिललाई नभेटी मुम्बई फर्किएकी छन् ।

टेलिभिजन शोकी प्रस्तुतासमेत रहेकी शावन्त बुधबार निराश मुडमा एयरपोर्टमा क्याप्चर भएकी थिइन् । उनले पत्रकारहरुलाई आफ्नो आदिलसँग भेट नभएको बताएकी छन् ।

दिल्ली उडेको भोलीपल्ट नै आफू मुम्बई फर्किनुपरेको राखीको भनाई छ । आफ्नो कपालको कलर देखाउँदै आँखाभरि आँसु पार्दै राखीले बताइन्, ‘मैले यो आदिलका लागि गरेको थिए । म विशेषगरी यस्तो परम्परागत पोशाक उसको लागि सजिएर गएकी थिएँ किनभने आदिल म यस्तै पहिरनमा भएको हेर्न चाहन्थ्यो । दिल्ली गएर उसलाई धेरै पर्खिएँ तर उ आएन । फ्लाइटमा बसेर करिब दुई घण्टा रोएँ । रुँदारुँदा मेरो गाजल सबै गयो । म अब उसलाई कल गर्दिनँ । म धेरै दुःखी छु ।’

केही साता अघिदेखि राखी नियमित रूपमा आदिल खानसँग जिम, एयरपोर्ट, पार्टी र कार्यक्रमहरुमा देखिदै आएकी थिइन् । मे महिनामा भएको एक अन्तर्वातामा राखीले आदिलले आफ्नो नाममा दुबईमा एउटा घर किनिदिएको र त्यस लगत्तै आफूलाई बि.एम.डब्लु उपहार दिएको खुलासा गरेकी थिइन् ।

‘ऊ मेरो बारेमा धेरै गम्भीर छ नत्र कुन केटाले आफ्नो परिवारलाई यति चाँडो आफ्नो मायाको परिचय दिन्छ’ भन्दै अन्तर्वार्ता दिँदै आएकी राखी दिनभरि पर्खिँदा पनि आदिल नआएपछि निराश हुँदै एक्लै मुम्बई आएकी हुन् । घटना सार्वजनिक भईसकेपछि उनका फ्यानहरुले राखीको पूर्वपति रितेशझैँ आदिल पनि भागेको दाबी गरेका छन् ।

राखीका पूर्वपति रितेश सिङ पनि विवाह गरेलगत्तै गायब भएका थिए । राखीसँग बिग बोस १५ मा देखा परेका रितेशले आफ्नी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरेको दाबी गर्दै एक्कासी सामान प्याक गरेर घरबाट भागेको राखीको दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *