अमेरिकी क्रिकेटरले नेपाली फ्यान विश्वकै खराब भनेपछि सन्दीपको यस्तो जवाफ – Nepal Press

अमेरिकी क्रिकेटरले नेपाली फ्यान विश्वकै खराब भनेपछि सन्दीपको यस्तो जवाफ

काठमाडौं । अमेरिकी क्रिकेटर अलि खानले नेपाली फ्यानको विषयमा छुद्र टिप्पणी गरेपछि नेपालका क्रिकेट कप्तान सन्दीप लामिछानेले कडा जवाफ फर्काएका छन् । खानले ‘नेपाली क्रिकेट फ्यानहरू विश्वकै खराब’ भन्दै टिप्पणी गरेका थिए ।

खानको उक्त ट्वीट आफ्नो लागि अपेक्षित नभएको सन्दीपले बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो एक क्रिकेट सहकर्मीबाट यस्तो घृणाजन्य र समग्रतामा गरिएको प्रतिक्रिया मेरो लागि अपेक्षित थिएन,’ सन्दीपले भनेका छन्, ‘नेपालका जनता क्रिकेटको सास फेर्छन् । यो उनीहरूको रगतमा छ । र, उनीहरू क्रिकेटको विश्व नक्साका एक महत्वपूर्ण हिस्सा हुन् ।’

सन्दीपले खेलकुदले मानिसहरूलाई विभाजन गर्ने नभएर नजिक ल्याउनुपर्ने बताएका छन् । अलि खान पाकिस्तानमा जन्मिएका अमेरिकी क्रिकेटर हुन् ।

प्रतिक्रिया

One thought on “अमेरिकी क्रिकेटरले नेपाली फ्यान विश्वकै खराब भनेपछि सन्दीपको यस्तो जवाफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर