राष्ट्र बैंकले पेन्सन र उपदानको रकम लगानी गर्ने – Nepal Press

राष्ट्र बैंकले पेन्सन र उपदानको रकम लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा रहेको ४२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । मुद्दती निक्षेपमा लगानी लिन चाहने बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र सो रकमका लागि दिन चाहेको ब्याजदरसमेत उल्लेख गरी साउन ४ गतेभित्र प्रस्ताव आह्वान गर्न राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

३५५ दिनको (२०७९/०४/०८ देखि २०८०/०३/३०) मुद्दती निक्षेपका लागि राष्ट्र बैंकले लगानी दिन लागेको हो । वाणिज्य बैंकहरुका लागि ३३ करोड ६० लाख, विकास बैंकका लागि ६ करोड ३० लाख र फाइनान्स कम्पनीका लागि २ करोड १० लाख रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले तोकेको ८ वटा शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले मात्र लगानी लिन पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *