चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन केसीसहित १० उम्मेदवारको सूची सार्वजनिक – Nepal Press

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन केसीसहित १० उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं । चलचित्र विकास बोर्डले अध्यक्षको लागि आवेदन दिएकामध्येबाट १० उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । असार ५ गते प्रकाशित सूचना अनुसार दर्ता भएका दरखास्तहरूबाट १० जना उम्मेदवारको नाम स्वीकृत भएको बोर्डले जनाएको छ । नायक तथा निर्माता भुवन केसीको नाम पनि सूचीमा छन् ।

त्यस्तै अन्य निर्देशक र निर्माता पनि छन् ।

अन्य नामहरूमा सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, काठमाडौंका मनिष पण्डित, काठमाडौंकी सम्झना उप्रेती रौनियार, इलामकी सुचित्रा श्रेष्ठ, काठमाडौंका सुशीलकुमार पोखरेल र काठमाडौंकी सुष्मा कार्की छन् ।

छनौट भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोकिने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *