अन्योलमा मौद्रिक नीति, बोर्ड बैठक अझै बसेन – Nepal Press

अन्योलमा मौद्रिक नीति, बोर्ड बैठक अझै बसेन

काठमाडौं । सामान्यतया असार मसान्तभित्र मौद्रिक नीति ल्याइसक्नुपर्ने हो । ढिलो भएमा साउनको पहिलो साता पनि मौद्रिक नीति ल्याइँदै आएको छ । यही साता ल्याउने तयारी गरिएको मौद्रिक नीति यो साता आउने नआउने अन्योल छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकरण भट्टले साउनको पहिलो साताभित्रै मौद्रिक नीति ल्याउने तयारी भएको नेपाल प्रेसलाई जानकारी दिए ।

राष्ट्र बैंक स्रोत भने बोर्ड बैठक बस्न नसकेको अवस्थामा साउन पहिलो साता मौद्रिक नीति आउने अन्योल रहेको बताउँछ । सामान्यतया मौद्रिक नीति ल्याउनुअगावै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्ने र त्यसमा मौद्रिक नीतिका विषय उठ्ने र त्यसलाई बोर्डले पास गरेपछि मात्र सार्वजनिक गर्ने प्रावधान छ ।

अर्कोतर्फ गर्भनर महाप्रसाद अधिकारी राजनीतिक दलमा आवद्ध भएको विषयका कारण पनि मौद्रिक नीतिबारे अन्योल बढेको छ । तर, त्यसको आधिकारिक पुष्टि कसैले गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *