तिक्तता बिर्सँदै प्रकाश सुवेदीलाई पूजा शर्माको म्यासेज- लभ यू मेरो दाइ ! – Nepal Press

तिक्तता बिर्सँदै प्रकाश सुवेदीलाई पूजा शर्माको म्यासेज- लभ यू मेरो दाइ !

काठमाडौं । नायिका पूजा शर्मा र चर्चित फिल्म पत्रकार प्रकाश सुवेदीको तिक्त सम्बन्धबारे को जानकार नहोला ? टिभी कार्यक्रममै ‘दाह्रा निस्केकी नायिका’ भनेर सुवेदीले पूजालाई अपमानित गरेपछि उनीहरूबीच पानी बाराबारकै अवस्था थियो ।

केही समयअघि सुवेदीको टिभी शो ‘ग्ल्यामर गफ’ मा पूजालाई सामान्य ज्ञानसम्बन्धी प्रश्नहरु सोधेका थिए प्रकाशले । त्यसक्रममा पूजाले नेपालका अञ्चल र जिल्लाहरूको संख्या पनि भन्न सकिनन् । देशका बारेमा अत्यन्तै मामुली ज्ञान पनि नराखेको भन्दै पूजाले व्यापक ट्रोलको शिकार हुनुपर्‍यो । त्यसपछि उनले प्रकाशप्रति चित्त दुखाएकी थिइन् । आफूले सही जवाफ दिन नसकेको अंश काट्ने सहमति पालना नगरेर प्रकाशले आफ्नो बेइज्जती गराएको उनको आरोप थियो ।

पूजाको सोही आरोपको कडा प्रत्यूत्तर दिँदै प्रकाशले टिभी कार्यक्रममा भनेका थिए, ‘यत्रा यत्रा दाह्रा निस्केकालाई हामीले महानायिका भनिदिनुपर्ने ?’

प्रकाश-पूजा काण्डले मिडियामा चर्कै रूप लिएको थियो । पूजाले विभिन्न निकायमा प्रकाशविरुद्ध उजुरबाजुर पनि गरिन् । आफूलाई ‘बडी सेमिङ’ गरेको भन्दै क्यामरामा प्रकाशप्रति निकै तीतो पोखिन् । प्रकाशले माफी मागेपछि घटना सेलाएको थियो । तर, पनि उनीहरूको सम्बन्ध सुधार हुन सकेको थिएन । पूजा मात्र होइन, उनीसँग निकट कलाकारहरुले पनि प्रकाशको कार्यक्रम अघोषित बहिष्कार गरेका थिए, जसमध्ये एक हुन् आकाश श्रेष्ठ ।

आकाश र पूजाको विगतमा घनिष्ट सम्बन्ध थियो । उनीहरु प्रेममै रहेको चर्चा हुने गर्थ्यो । पूजासँग निकट रहँदासम्म आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाउँदा आकाश नआएको प्रकाशको गुनासो छ ।

तर, अहिले आकाश र पूजा टाढिएका छन् । पूजाको जीवनमा नयाँ युवकको प्रवेशपछि उनीहरूको दूरी बढेको हो । जब पूजासँग सम्बन्ध टुट्यो, आकाश प्रकाशको शोमा अन्तरवार्ता दिन तयार भए । अस्ति भर्खर उनी प्रकाशको नयाँ टिभी कार्यक्रम ‘द प्रकाश सुवेदी’ शोमा उपस्थित भएका थिए । सो अन्तरवार्तामा प्रकाशले आकाशलाई प्रहरीले जुवाडेलाई थर्काएको शैलीमा हेपाहा तवरले प्रश्न सोधेका थिए । आकाशले नम्र जवाफ दिए ।

यो अन्तरवार्ताको साइड इफेक्ट चाहिँ के भयो भने पूजा एकाएक प्रकाशप्रति सकारात्मक भइछिन् । के घत परेर हो, अन्तरवार्ता प्रसारण भएलगत्तै उनले प्रकाशलाई एसएमएस गरेकी छन् । उनले ‘लभ यू मेरो दाइ’ भन्दै म्यासेज पठाएको स्रोतले बतायो । पूजाको उक्त म्यासेज ‘सीन’ गरे पनि प्रकाशले कुनै जवाफ फर्काएका छैनन् ।

यति मात्र होइन । प्रकाशसँग झोक चलेको बेला पूजाले आफ्नो म्यासेन्जरमा उनको नाम फेरेर ‘ट्वाइलेट पत्रकार’ राखेकी थिइन् । अहिले त्यसलाई पनि ‘रिनेम’ गरेकी छन् ।

के अबका दिनमा फेरि पूजा प्रकाशको कार्यक्रममा अन्तरवार्ता दिन जालिन् ? असम्भव के छ र फिल्मी दुनियाँमा ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *