अन्तर्राष्ट्रिय क्रिकेटमा किशोरको डेब्यू – Nepal Press

अन्तर्राष्ट्रिय क्रिकेटमा किशोरको डेब्यू

काठमाडौं । किशोर महत्तोले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङखलाकोे अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध किशोरले डेब्यू गरेका हुन् ।

गत मे मा त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ए विरुद्धको अभ्यास खेलमा ५ विकेट लिँदै किशोरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनले किशोरलाई राष्ट्रिय टिमसम्मको बाटो सहज बनेको थियो ।

किशोर नेपालका लागि अन्तर्राराष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने ३४ औं खेलाडी हुन् । उनी बसिर अहमदको स्थानमा प्लेइङ-११ मा परेका हुन् ।

अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल चार ओभरको समाप्तिमा ५/० को अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर