आकाशको मात्रै नाम लिएर हुटिङ गर्ने दर्शकप्रति पूजाको आक्रोश – Nepal Press

आकाशको मात्रै नाम लिएर हुटिङ गर्ने दर्शकप्रति पूजाको आक्रोश

काठमाडौं । नायिका पूजा शर्माको एउटा टिकटक अहिले भाइरल भइरहेको छ, जसमा उनी आफ्नै फिल्म हेर्न आएका दर्शकसँग आक्रोशित देखिएकी छन् । शनिबार अष्टनारायण हलमा कैद भएको दृष्य हो यो । पूजा किन दर्शकसँग आक्रोशित भइन् त ?

निमेश प्रधानले निर्देशन गरेको चलचित्र ‘सम्झना बिर्सना’ यहीँ असार ३१ गतेदेखि नेपालभर एकसाथ रिलिज भयो । यो चलचित्रमा पूजासँग आकाश श्रेष्ठको जोडी छ । धेरैलाई थाहै भएको कुरा हो कि पूजा र आकाश एक समय निकै घनिष्ठ थिए । दर्शकहरुले उनीहरुलाई रियल जोडीका रुपमा हेर्न थालेका थिए । तर, समयक्रममा उनीहरुको सम्बन्धमा दरार आयो । एक–अर्कासँग पानी बाराबारकै अवस्था रहेको भनेर मिडियामा गसिपहरु आए ।

पूजा–आकाशमा आएको फाटोसँगै उनीहरुका फ्यानहरुमा पनि फुट उत्पन्न भएको छ । एकथरिले आकाशप्रति सहानुभूति देखाएका छन् भने अर्काथरि पूजाप्रति । अहिले उनीहरुले एकसाथ अभिनय गरेको चलचित्र हलमा लाग्दा फ्यानहरुबीच पनि विभाजन रेखा देखिएको छ ।

कुनै समय एकसाथ हिँडने वा भनौँ एकपल नछुटने यो जोडी हिजो आ–आफ्नै हिसाबले छुट्टाछुट्ट हल पुगेका थिए । हलमा फिल्म हेर्ने दर्शकहरुको भिडभन्दा पूजा–आकासका फ्यानहरुको लर्को ठूलो देखिन्थ्यो । उनीहरुमध्ये कोही आकास–आकास भन्दै चिच्याँउदै थिए भने कोही पूजा–पूजा भन्दै । दुईवटा समूहमा बाँडिएर फ्यानहरुले आकाश र पूजाका पक्षमा बेग्लाबेग्लै नारावाजी गरेको दृष्य कुनै दुई राजनीतिक दलका कार्यकर्ता जम्काभेट हुँदा नारावाजी गरेझैं देखिएको थियो ।

तर, पूजाको भन्दा आकाशको फ्यान फलोअर्स बढी थियो । आफ्नो नाम ओझेलमा पार्दै ‘आकाश… आकाश… को नारावाजी चर्किएपछि पूजा चिढिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनले फोटो खिच्नसमेत छाडेर आक्रोशमा आउँदै भनिन्, ‘के गरेको यो ? फिल्म कसको हो ? फिल्म दुवैजनाको होइन ?’ भन्दै आकाशका फ्यानसँग रिस पोखेकी थिइन् । त्यति भनेर रिसाउँदै उनी आकाशको फ्यानहरुको भिडबाट निस्किइन् । पूजाको यस्तो व्यवाहारले उनको फिल्म हेर्न आएका दर्शकहरु अचम्ममा परेका थिए ।

@karkisanzieep

पुजा शर्माले फ्यानलाई थर्काउनुको कारण यस्तो रहेछ….🙄 #sanzieepkarki #Nepaltrending #tajakhabartv #aakashshrestha #pujasharma

♬ original sound – Sanzieep Karki

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *