आजदेखि करमा नयाँ दर- वार्षिक कति कमाउनेले अब कति तिर्नुपर्छ ? – Nepal Press

आजदेखि करमा नयाँ दर- वार्षिक कति कमाउनेले अब कति तिर्नुपर्छ ?

काठमाडौं । नयाँ आर्थिक वर्षको सुरूसँगै आजबाट व्यक्तिको वार्षिक आयमा लाग्ने करको दरमा हेरफेर भएको छ ।

पहिले अविवाहितले वार्षिक ४ लाखसम्म र विवाहितले साढे ४ लाख रूपैयाँसम्मको आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर तिर्नुपर्थ्यो ।

अब भने अविवाहितको ४ लाखबाट सीमा ५ लाख पुर्‍याइएको छ । त्यस्तै, विवाहितले हकमा ६ लाख पुगेको छ । अविवाहितले वार्षिक ५ लाख सम्म कमाउँदा वार्षिक ५ हजार र विवाहितले वार्षिक ६ लाखसम्मको आयमा ६ हजार कर तिरे पुग्छ ।

अविवाहितको ५ देखि ७ लाखसम्मको कमाइमा १० प्रतिशत कर लाग्छ । विवाहितले ६ देखि ८ लाख रूपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर बुझाउनु पर्नेछ ।

विवाहित र अविवाहितले ८ लाख र ७ लाखभन्दा माथि कानूनले तोकेअनुसारको नै कर तिर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *