लिग-२ : अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्दै नेपाल – Nepal Press

लिग-२ : अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टिम स्कटल्यान्डको सामना गर्दैछ ।

टिटउड ग्लासगो क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । श्रृङखलाका तीन खेल जित्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिने लक्ष्य सहित स्कटल्यान्ड भ्रमणमा रहेको नेपाल चार मध्य दुई खेलमा पराजित भएको छ ।

पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । शनिबार भएको तेस्रो खेलमा खराब ब्याटिङले निरन्तरता पाउँदा नामिबियासँग ६३ रनले हारेको थियो ।

आजको खेलमा स्कटल्यान्डलाई हराउँदै तालिकामा दुई अंक जोड्ने नेपालको लक्ष्य रहनेछ ।नेपाल लिग–२ तालिका मा १९ खेलबाट ८ जित र १७ हारसहित तालिकाको छैठौं स्थानमा छ । नामिबिया १८ अंकसहित पाँचौ स्थानमा र स्कटल्यान्ड ३२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर