नामिबियाले नेपाललाई दियाे २ सय रनकाे लक्ष्य – Nepal Press

नामिबियाले नेपाललाई दियाे २ सय रनकाे लक्ष्य

काठमाडौं । आईसीसी पुरूष विश्वकप लिग-२ अन्तर्गत स्कट्ल्यन्डमा जारि त्रिदेशिय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय रनकाे लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ राेजेकाे नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रनकाे याेगफल तयार गर्याे ।

नामिबियाका लागि कप्तान जेरार्ड ईरास्मसले उत्कृष्ट प्रदर्शन गरे । उनले टिमका लागि सर्वाधिक ५३ रनकाे याेगदान गरे । डेभिड वाइजले ३४ रन जाेडे ।

डिभान लाकक र जे जे स्मिथ समान २७ रनमा पभेलियन फर्कदा जान निकाेन लाेफ्टि एटनले १९ र रूबेन ट्रुम्पेलमेनले १९ रनकाे याेगदान गरे । नेपालकाे वलिङमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा १ रन राख्दै २९ रन खर्चिए । साेमपाल कामी र दिपेन्द्र सिंह ऐरिले समान दुई विकेट लिए भने बसिर अहमदले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर