नामिबियाविरूद्ध टस हारेर फिल्डिङमा नेपाल – Nepal Press

नामिबियाविरूद्ध टस हारेर फिल्डिङमा नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग- २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो तेस्रो खेल नेपालले नामिबियासँग खेल्दैछ ।

नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

आजको खेलमा नेपाल पहिलो खेलको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ । आज नेपालले टीममा एक परिवर्तन गरेको छ । करण केसीलाई बेन्चमा राख्दै पवन सर्राफलाई स्थान दिएको छ ।

यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले जितेको थियो ।

नेपालका प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, पवन सर्राफ, आदिल अन्सारी, बसिर अहमद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर