उपसभामुखमा राप्रपाको समर्थन एमालेलाई, लिङ्देनले भने- यसमा प्रतिपक्षको हक लाग्छ – Nepal Press

उपसभामुखमा राप्रपाको समर्थन एमालेलाई, लिङ्देनले भने- यसमा प्रतिपक्षको हक लाग्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुख पदमा एमाले उम्मेदवारलाई समर्थन गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा संविधानको भावनाअनुसार उपसभामुखमा प्रतिपक्षको हक लाग्ने बताएका हुन् ।

संसद बैठकमा बोल्दै लिङ्देन संविधानको भावनाअनुसार सभामुख सत्तापक्षको हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने तर्क गरेका हुन् ।

उनले भने, ‘संविधानको यो व्यवस्थालाई कुनै पनि तर्क र बहानामा गलत व्याख्या गरियो भने संविधान मिच्ने सिलसिला झनै बढेर जान्छ । त्यसैले हाम्रो पार्टीको दृष्टिमा यो उपसभामुख पद प्रतिपक्षको भागमा पर्नुपर्छ । अहिले यो प्रतिपक्षको हकको कुरा हो ।’

लिङ्देनले सत्तापक्षले उदारतापूर्वक प्रतिपक्षलाई उपसभामुख लिनुस् भन्नुपर्ने सल्लाह दिए । उनले आफ्नो पार्टीले सत्तापक्षका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर