५६ वर्षका मोदीले ४७ वर्षीया सुस्मितालाई भने- मेरो ‘बेटर हाफ’ – Nepal Press

५६ वर्षका मोदीले ४७ वर्षीया सुस्मितालाई भने- मेरो ‘बेटर हाफ’

काठमाडौं । इन्डियन प्रिमियर लिगका प्रथम अध्यक्ष ललित मोदीले बिहीबार राति अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सामाजिक सञ्जालमार्फत साझा गरेका छन् । मिस युनिभर्स सेनसँगको तस्वीर उनले ट्विटर र इन्स्टाग्राममा पोस्ट गरेका हुन् ।

५६ वर्षका मोदीले ट्वीटमा सुस्मितालाई आफ्नो ‘बेटर हाफ’ भनेर उल्लेख गरेका छन् । ट्विटमा भनिएको छ, ‘भर्खरै परिवारसँगको माल्दिभ्स र सार्डिनिया भ्रमणपछि लन्डन फर्कियो । मेरो ‘बेटर हाफ’ सुस्मिता सेन- नयाँ जीवनको नयाँ सुरुवात। -चन्द्रमा भन्दा माथि।’
उनले अर्को ट्विटमा लेखेका छन्, ‘विवाह गरिएको छैन, त्यो पनि एकदिन हुनेछ, अहिले केवल एक अर्कालाई डेट गर्दै ।’

सन् २०१० मा पनि मोदी र सेन सम्बन्धमा रहेको चर्चा चलेको थियो । त्यो समय दुवैजनाले आफ्नो सम्बन्ध मात्र एक हल्ला भएको दाबी गरेका थिए । सुस्मिताले हालसम्म पनि ललित मोदीसँगको सम्बन्धबारे पुष्टि भने गरेकी छैनन् । गत वर्षमात्र उनले आफ्नो इन्स्टाग्राम पोस्टमार्फत आफ्नो र मोडल प्रेमी रोहमनको ब्रेकअपको घोषणा गरेकी थिइन् ।

सेन सन् १९९४ को मिस युनिभर्सको विजेता हुन् । उनी मिस युनिभर्स जित्ने पहिलो भारतीय महिलासमेत हुन् । उनले सन् १९९६ मा आएको फिल्म दस्तकबाट बलिउडमा डेब्यू गरेकी थिइन् । छोरीहरू अलिसा र रेनीकी एकल आमा सेन अहिले ४७ वर्षकी भइन् ।

सुस्मिताले सन् २००० मा रेनीलाई धर्मपुत्री ग्रहण गरेकी थिइन् भने एलिसा सन् २०१० मा परिवारसँग जोडिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *