लुम्बिनी जनरल इन्स्योरेन्सले ३ अर्ब पूँजी पुर्‍याउने – Nepal Press

लुम्बिनी जनरल इन्स्योरेन्सले ३ अर्ब पूँजी पुर्‍याउने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको पूँजी वृद्धि गर्ने भएको छ । १७औं वार्षिक साधारणसभामा विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पूँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब कायम गर्ने भएको छ ।

चुक्ता पूँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने, मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहरदास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी विकास बैंक लि) निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *