नेटफ्लिक्स, फेसबुक र युट्युवलगायतका सामाजिक सञ्जालले कर तिर्नुपर्ने, यस्तो बन्यो डिजिटल सर्भिस ट्याक्स (कार्यविधिसहित) – Nepal Press

नेटफ्लिक्स, फेसबुक र युट्युवलगायतका सामाजिक सञ्जालले कर तिर्नुपर्ने, यस्तो बन्यो डिजिटल सर्भिस ट्याक्स (कार्यविधिसहित)

काठमाडौं । नेटफ्लिक्स, फेसबुक र युट्युवलगायतका सामाजिक सञ्जालले कर तिर्नुपर्ने व्यवस्था भएको छ । सरकारले सामाजिक सञ्चाललाई करको दायरामा ल्याउन लागेको हो ।

सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गर्दै नयाँ आर्थिक वर्षदेखि सेवा प्रदायकहरुबाट कर लिन लागेको हो । आर्थिक वर्ष २०७९/८० देखि सरकारले विद्युतीय सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।

नयाँ आर्थिक वर्षदेखि सामाजिक सञ्जालबाट सेवा प्रदान गर्ने सेवा प्रदायकहरुले २ प्रतिशत कर तिर्नुपर्ने भएको छ । २० लाख रुपैयाँभन्दा धेरै कारोबार गर्नेहरुलाई २ प्रतिशत कर लाग्नेछ ।

कार्यविधिअनुसार विद्युतीय सेवा भन्नाले सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवा रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *